शाइन रेसुङ्गा बैंक १४ औं वर्षमा प्रवेश – Nepal Press

शाइन रेसुङ्गा बैंक १४ औं वर्षमा प्रवेश

रुपन्देही । बुटवलमा प्रदान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड १४ औं वर्षमा प्रवेश गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलका अनुसार २०७८ पुस मसान्तसम्मको वित्तिय विवरण अनुसार बैंकमा ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको बैंकका ५ लाख बढी ग्राहक छन् । ५ अर्ब जारी पूजी र ३ अर्र्ब ७८ करोड चुक्ता पूजी रहेको उनले बताए ।

बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार २०७८ पुस मसान्तसम्म कृषि, लघु, घरेलु, तथा साना उद्यम व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको ३१.७५ प्रतिशत लगानी गरेको छ । कृषि क्षेत्रमा ७.८५ प्रतिशत, पर्यटन क्षेत्रमा कर्जा १४.०६ प्रतिशत र लघु, घेरेलु तथा साना उद्यम, व्यवसाय क्षेत्रमा ९.८४ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

२०६५ साल फागुन ११ गतेबाट सञ्चालन गरेको बैंकको अहिले लुम्बिनी प्रदेशका रोल्पा, रुकुमबाहेक १० जिल्लामा ७१ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालय सञ्चालनमा छ ।

त्यस्तै बागमती प्रदेशको चितवन एक, गण्डकी प्रदेशको पोखरामा एक, बाग्लुङमा एक, सुदुरपश्चिमको कैलालीमा एक दुई, कञ्चनपुरमा एक, सुर्खेतमा एक गरी ८३ वटा शाखा सञ्चालन हुनुका साथै एउटा एक्सटेन्सन कार्यालय सञ्चालनमा छ ।

सात वटा एटीएम सञ्चालन गरी वित्तिय कारोबार भैरहेकोसमेत प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । चारजना कर्मचारीबाट २०६५ सालदेखि सुरु भएको बैंकमा अहिले ८ सय ६७ जना कर्मचारी कार्यरत छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले बैंकले सफलता हासिल गरेको बताए । अध्यक्ष पौडेलले सानो लगानीबाट सुरु गरिएको बैंकले समयको मागअनुसार वित्तीय क्षेत्रमा काम गरेका कारण सबै क्षेत्रको सहयोग सद्भावका कारण बैंकले सफलता हासिल गर्दै गएको बताए ।

बैंकका संचालक सदस्य मोहन चापागाईले काठमाडौं बाहिर प्रधान कार्यालय रहेर यति ठूलो कारोबार गर्ने पहिलो बैंक रहेको बताए । उनले विकास बैंक अधिकांश मर्जर भएपनि शाइनले आफ्नो क्षेत्रको पहिचान जोगाएर कारोबार गरिरहेको बताए ।

बैंकले शाइन पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाललाई सम्मान गरेको छ । बैंकका अध्यक्ष थानेश्वर पौडेलले ५१ हजार राशीको पुरस्कारबाट पत्रकार भुसाललाई सम्मान गरेका हुन् । बैंकले आर्थिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रुपमा सम्मान गर्नका लागि ५ लाखको अक्षयकोष स्थापना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर