कांग्रेससँगको निर्णायक वार्ता धकेलेर एमाले अध्यक्ष ओली किन पुगे पोखरा ? – Nepal Press

कांग्रेससँगको निर्णायक वार्ता धकेलेर एमाले अध्यक्ष ओली किन पुगे पोखरा ?

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई एमालेमा स्वागत गर्न पोखरा आएका छन् । गण्डकी प्रदेश कमिटीले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पोखरा पुगेका ओलीलाई एमाले उपमहासचिव तथा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,इन्चार्ज पद्मा अर्याललगायतका नेताले स्वागत गरेका थिए ।

पोखरा सभागृहमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन् । त्यहाँ विभिन्न पार्टीबाट एमालेमा नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम छ । जनता समाजवादी पार्टीका ४ जना केन्द्रीय सदस्य र प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।

एमाले स्रोतले दिएको जानकारीअनुसार जसपाका केन्द्रीय सदस्य एवं गण्डकी इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङको नेतृत्वमा सयौं नेता, कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।

सोही कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायत पार्टी परित्याग गरेका सयौंजनालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी सदस्यता प्रदान गर्ने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

गण्डकी प्रदेशमा प्रभाव पार्न सक्ने नेताहरु पार्टी प्रवेश गर्ने भएकाले काठमाडौंमा कांग्रेससँगको निर्णायक वार्तालाई पछि सारेर ओली पोखरा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर