प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह- केपी ओलीसँग हतारमा अनैतिक सम्झौता नगर्नुस् – Nepal Press

प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह- केपी ओलीसँग हतारमा अनैतिक सम्झौता नगर्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा एमालेसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भइरहेकाे छलफलतर्फ संकेत गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्न अनैतिक सम्झौता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख १४ जना सांसद र सभामुखलाई बर्खास्त गर्ने सर्त राख्नु दुःखद भएको बताए ।

उनले भने, ‘मैले सूचना पाएसम्म विरुद्धमा मूभ गर्ने, त्यस्तो पनि कोसिस भइरहेको छ । त्यो पनि शर्त राखेर मात्रै । त्यो पनि कुनै शर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनु पर्ने यस्ता शर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रश्ताव केपी ओलीबाट आएको भन्ने कुराहरु छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ ।’

अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको पनि बताएका छन् ।

उनले भने, ‘मुख्य कुरा के हो भने केपी ओलीले एमसीसीलाई समर्थन गर्ने । तर समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल देखाइरहनु भएको छ ।’

उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह- केपी ओलीसँग हतारमा अनैतिक सम्झौता नगर्नुस्

  1. न भाले न पोथी को भोगाइ माधवकुमार नेपाल को नेतृत्व भएको बेला कम्ती कांग्रेस र अन्य दलहरूको सास्ती खेप्नुपरेको थिएन सम्झदा पनि जीउ सिरिङ्ग हुन्छ ।माले एमाले हुदैको समर्थक ।

  2. यस्ता चरम अनैतिक, अध्यक्षमा हारियाे भनेर पार्टी फुटाउनेले अरूकाे सम्झाैतालाई अनैतिक भन्न सुहाउछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर