डिपार्टमेन्टल स्टोरको भुक्तानीमा आइएमई पेको १० प्रतिशत छुट


काठमाडौँ । आइएमई पेले आफ्नो प्रयोगकर्ताहरुको लागि विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर दिने भएको छ ।
आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो ।
साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउने छन् । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।
सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (रु. १०० सम्म मात्र) पाउँनेछ । स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आइडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।