माओवादी केन्द्रले तोक्यो रामेछापका जिल्ला र क्षेत्रीय कमिटीका पदाधिकारी – Nepal Press

माओवादी केन्द्रले तोक्यो रामेछापका जिल्ला र क्षेत्रीय कमिटीका पदाधिकारी

रामेछाप । नेकपा माओवादी केन्द्रको रामेछाप जिल्ला अध्यक्षमा मैनकुमार मोक्तान र सचिवमा तारानारायण श्रेष्ठ तोकिएका छन् । वागमती प्रदेश कमिटीको बैठकले रामेछापमा नयाँ नेतृत्व मनोनयन गरेको हो ।

जिल्ला अध्यक्ष मोक्तान तत्कालीन नेकपामा पनि अध्यक्ष थिए । पहिलो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य श्रेष्ठ मन्थली नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

प्रदेश कमिटी बैठकले प्रदेशसभा क्षेत्र नम्बर १ को इन्चार्जमा प्रेम कार्की र संयोजकमा रविन्द्र पौडेलले जिम्मेवारी दिएको छ भने क्षेत्र नम्बर २ को इन्चार्ज सुनिता गौतम र संयोजकमा यशु चौलागाईलाई जिम्मा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर