ओलीको टिप्पणी- सर्वोच्चमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेरै लागेका छन् – Nepal Press

ओलीको टिप्पणी- सर्वोच्चमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेरै लागेका छन्

अमेरिकाबाट न्यायाधीशले पठाएको इमेलले भन्छ-असार २८ को फैसला पूर्व निर्धारित थियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी गरेका छन् ।

एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन(पिपिएलए)को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर फैसला गरेको पुष्टि गरिसकेका बताए ।

ओलीले भने- पाँच जनाको बेन्च बन्छ,दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ । अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु (न्यायाधीश)त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्ने साथीहरु त छन् । एमाले नढाली नहुने थियो,केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्नथियो । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् ।

पूर्व प्रधानमन्त्री ओलीले संसदले प्रधानमन्त्री निर्वाचित गर्नु पर्नेमा अदालतबाटै तोकेर पठाइएकोमा कटाक्ष गर्दै राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्री सर्वोच्च अदालतले नै नियुक्त गरेर पठाएको बताए । सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको ओलीको भनाइ थियो ।

एमालेलाई व्यक्ति चोलेन्द्र शमसेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत प्रष्ट पारे । उनले बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत बताए ।

प्रधान न्यायाधीश राणाले एमालेलाई सहयोग गरेर भनेर महाअभियोग लगाउनेहरुले अरु चारजना न्यायाधीशबार नबोलेको भन्दै सबै न्यायाधीशले सेटिङमा असार २८ को फैसला आएको बताए । ओलीले असार २८ को फैसलाले मुलुकको राष्ट्रिय राजनीतिलाई परमादेशी राजनीति र जनादेशी राजनीतिमा विभाजित गरेको समेत बताए ।

अध्यक्ष ओलीले एमालेले अनुशासन उल्लंघन गर्ने र फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गरेर पठाउँदा सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक समिति कानूनले नचिन्ने फैसला गरेको बताए ।

कानूनको दफाको परिभाषा र कानून पनि नहेरी जहाँनेर एमालेविरुद्ध फैसला गर्नुपरेको छ,घरबाटै ल्याएको फैसला पढेर सुनाइएको उनले बताए । न्यायाधीश प्रकाशमान सिंह राउतले कानून नै नहेरी एमालेले कर्णालीका चार सांसदमाथि गरेको कारवाही बदर गरेका थिए । तर पछि कानून हेरेर अदालतले सच्याएको थियो ।


प्रतिक्रिया

One thought on “ओलीको टिप्पणी- सर्वोच्चमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेरै लागेका छन्

  1. पहिले नै थाहा थियाे नि महाअभियाेग संसदमा पेश गर्न ल्याएकै हाेईन । त्याे त निलम्बनमा राख्ने र हनुमानलाई का.मु. दिन ल्याएका हुन् । अब हनुमानकाे हनुमानगिरी विरूद्व एमालेले महाअभियाेग लगाएमा प्रचण्डकाे आदेश पालकले तुरून्तै पेश गरिदिन्छ । यस्ता लुटेरा, डाका, अनैतिक, हत्याराहरू सरकार र संसदमा भए पछि यस्तै हुन्छ । फेरि यिनै डाकाहरू कानूनीराज र संविधानवादकाे कुरा गर्छन । चाेलेन्द्रले सिफारिश गरेकाेलाई मन्त्री बनाउने यिनै दलालहरू, हमाल चाेलेन्द्रकाे हाेईन काँग्रेसकाे भन्ने प्रचण्ड । यसरी चाेलेन्द्रकाे ढाकछाेप गर्ने प्रचण्ड वारका लुटेराहरूले लुटेकाे पैसाकाे एक भाग दिएपछि एमसिसिलाई त्याँखे थापेर त्यहि महाअभियाेगकाे लगाउन तम्सियाे । यहाँभन्दा अनैतिक मान्छे काे हाेला ? देउवा पनि पद पाए जे पनि गर्न तयार हुने नेता हुन् । पहिला लाज नमानी नियुक्त गर्ने अहिले एमसिसि पास गराएर सत्ता जाेगाउन महाअभियाेग लगाउन तयार हुने । देउवा, माधव र प्रचण्ड पहिल्यै परीक्षण भई कुहिएका नेतामा दर्ज भैसकेका हुन् । जनताले त हराएकै हुन् यिनलाई तर अनैतिक प्रचण्ड र माधवले जनताकाे मतकाे अपमान गर्दा देउवा प्रधानमन्त्री बन्न पाएका हुन्। अबकाे चुनावबाट यस्ता अनैतिक, हत्यारा र लुटेराहरूलाई निमिट्यान्न पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर