प्रचण्ड-माधवले देउवासँग कुद्दै गएर एमसीसी पास गर्छौ हामीलाई सडकमा नफाल्दिनुस् भनेछन् : ओली – Nepal Press

प्रचण्ड-माधवले देउवासँग कुद्दै गएर एमसीसी पास गर्छौ हामीलाई सडकमा नफाल्दिनुस् भनेछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफाल्नुस् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारगुहार गरिरहेको टिप्पणी गरेका छन् ।

पिपिएलएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीलाई प्रचण्ड–माधवले नै गिजोलेको र उहिल्यै पास गर्न खोज्दा केपी ओलीले जस लिने देखेर सभामुख लगाएर रोक्दा अराजक शक्तिले खेलेर विवादित बनाएको बताए ।

ओलीले भने– एमसीसी हामी पास गर्छौ, ओलीलाई जस दिनु हुँदैन भनेर प्रचण्डले नै हारगुहार गरेका हुन् । देउवाले गठबन्धन तोड्ने भनेपछि हिजो कुद्दै गएर प्रचण्ड–माकुनेहरु हामी एमसीसी पास गर्छौं गठबन्धन जोगाइदिनुस् । हामीलाई सडकमा नफाल्दिनुस् प्रभु भनेर हारगुहार गरेपछि प्रधानमन्त्रीले हेर्छु कति इमानदार रहेछौ भनेर पठाएका छन् ।

एमाले अध्यक्ष ओलीले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको बताए । उनले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारवाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर