अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६०० मिलियन डलर दिने – Nepal Press

अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६०० मिलियन डलर दिने

वासिङटन । अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६०० मिलियन डलर सुरक्षा सहायता दिने भएको छ । अमेरिकाले युक्रेन जाने नागरिकका लागि लेभल–४ वारनीङ ट्राभल एडभाइजरी जारी गर्दै नागरिकहरूलाई संवेदनशील ठाउँहरूमा नजान चेतावनी दिइएको छ।

लगातार युक्रेनमा रुसले गरेको आक्रमणको आज तेस्रो दिन हो । शनिबार राजधानी किएभ लगायत युक्रेनको सबै महत्वपूर्ण सहरमा विष्फोट भएको छ । रुसी सेना राजधानी कीएभमा प्रवेश गरेका छन् र युक्रेनी सेनासँग एकअर्काबीच युद्ध सुरु भएको छ ।

यसैबीच, युक्रेनले ३०० रुसी प्याराट्रूपर्सले भरिएका दुईवटा विमान खसालेको दाबी गरेको दैनिक भास्करले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको रुसविरुद्ध निन्दा प्रस्ताव प्रस्तावको मस्यौदामाथि रुसले भिटो शक्ति प्रयोग गरेर प्रस्ताव अस्वीकार गर्‍यो। उक्त प्रस्तावको पक्षमा ११ र विपक्षमा १ मत परेको थियो । भारत, चीन र युएईले मतदानमा भाग लिएनन् ।

युक्रेनी सेनाले युद्धमा हालसम्म ३ हजार ५ सय रुसी सैनिक मारिएको दाबी समेत गरेको छ । यसका साथै १०२ ट्याङ्क, १४ विमान र ८ हेलिकप्टर खसालिएको छ भने रुसी सेनाले किएभ एयरपोर्ट कब्जा गरेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले युक्रेनमा ठूलो मात्रामा हतियार बरामद गरिएको बताए । यी पश्चिमी देशहरूले युक्रेनलाई दिएका थिए।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमाथि कब्जा गर्ने रुसको मनसाय नरहेको बताएका छन् । युक्रेनले खसालेको रुसी विमान विमानमा १५० रुसी प्याराट्रूपर्स सवार थिए । कतिको ज्यान गयो र कति बाँचे भन्ने जानकारी प्राप्त भएको छैन ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आज राति रुसी सेनाले राजधानी किभमा आक्रमण गर्ने बताएका छन् । उनले जनतालाई द्वन्द्वमा उत्रिन आग्रह गरेका छन् ।
युक्रेनस्थित भारतीय दूतावासले भारतीय नागरिकलाई अधिकारीसँग कुरा नगरी सीमा क्षेत्रमा जान रोक लगाएको छ ।

बेलायतले पुटिन र उनका विदेशमन्त्री सर्गेई लाभरोभको सम्पूर्ण सम्पत्ति जफत गर्ने आदेश दिएको छ । क्यानडा र युरोपेली संघले रुसलाई स्विफ्ट भुक्तानी प्रणालीबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार यदि पश्चिमी देशहरूसँग युद्ध सुरु भयो भने पुटिनले आणविक हतियार पनि प्रयोग गर्न सक्नेछन्।

फ्रान्सले युक्रेनलाई ३० करोड युरो सहयोग र सैन्य उपकरण पठाउने प्रस्ताव गरेको छ । युरोपेली संघले पुटिनको युरोपमा रहेको सबै सम्पत्ति जफत गर्न सहमत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर