माधवसँगको छलफलपछि प्रचण्ड भन्छन्- गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ
नेपाल प्रेस
२०७८ फागुन १४ गते १७:५४
काठमाडौं । कांग्रेसले सत्ता गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी अनुमोदनमा सघाउन तयार भएका छन् ।
एमसीसीका सन्दर्भमा कतिपय अस्पष्ट विषय संसदमा एकपक्षीय घोषणबाट संकल्प प्रस्ताव पारित गर्दै एमसीसी अनुमोदन गर्ने र गठबन्धन जोगाउने ढंगले छलफल भएको नेताहरुले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले सिंहदरवारमा नेकपा एसका शीर्ष नेतासँग छलफल पछि गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिकै बाटोबाट अघि बढ्ने बताए ।
पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने- समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाटै अघि बढ्छ ।
प्रतिक्रिया
तिमी दलालहरूकाे राजनीति सकिषाे । अमेरिकी दुतावासले प्रचण्ड र माधवलाई २५/२५ कराेड दिएर एमसिसिमा सहि गर्न तयार पारेकाे हल्ला छ ।