प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै – Nepal Press

प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै

काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने भएपछि सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्तत: संसदबाट पारित गर्ने पक्षमा पुगेका छन् ।

नेपाली कांग्रेसले गठबन्धन तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि प्रचण्ड-माधव ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न सहमत भएका छन् ।

यद्यपि नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेता र नेकपा एसमा झलनाथ खनाल एमसीसीको विपक्षमा छन् ।

एमसीसीले पछिल्लोपटक नेपाललाई पठाएका जवाफ र स्पष्टीकरणलाई समेत अनुसूचीमा राखेर विशेष घोषणा गर्ने र संसदबाट पारित गर्ने उपायसहित प्रचण्ड र माधवको ‘फेस सेभ’ का लागि कांग्रेस यसमा तयार भएको बताइएको छ । तर, नेपालले गर्ने घोषणा वा संकल्प प्रस्तावको मान्यता भने हुने छैन ।

सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ ।

यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका छन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानको व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ,’ बन्दीले भने ।

कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस) बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफ्ट’मा गठबन्धनको बैठकमा छलफल गरे पछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।

यसअघि संशोधनबिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेको हो ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै

  1. यो व्याख्यात्मक टिप्पणी भनेको के “ ए बुढी (ए बुढा ) पानी तताएर ले, नत्र चिसै पानी ले नुहाउछु”, हो !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर