प्रचण्डले हाम्रो पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याए- लेखनाथ न्यौपाने – Nepal Press

प्रचण्डले हाम्रो पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याए- लेखनाथ न्यौपाने

न्यौपानेले भनेका थिए- एमसीसी पारित गरे प्रचण्डलाई जुत्ता हानेर लखेट्छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आज बिहान बसेको भनिएको माओवादीको बैठक अवैधानिक रहेको र त्यसले गर्ने निर्णय आधिकारिक नहुने दाबी गरेका छन् ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकको निर्णयप्रति आपत्ति जनाउँदै न्यौपानेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले माआवादीको आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्षमात्र चयन गरेको र त्यसयता अरु कुनै कमिटी नरहेको भन्दै केन्द्रीय कमिटी बैठक पटक-पटक स्थगित गरेर अध्यक्ष प्रचण्डले एकल निर्णय गर्दै पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको आरोप लगाएका छन् ।

न्यौपानेले आफ्नो वक्तव्यमा भनेका छन् (नेकपा माओवादी केन्द्र) को केन्द्रीय समितिको बैंठक पटक-पटक स्थगित गरिएको छ ।

महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।

हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णयबाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन ।

न्यौपानेले केही समयअघि आफ्नो पार्टीले एमसीसी पास गरे प्रचण्डलाई अमेरिकी पाल्तु कुकुर भनेर जुत्ताले हानेर लखेट्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।


प्रतिक्रिया

One thought on “प्रचण्डले हाम्रो पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याए- लेखनाथ न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर