एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग (भिडिओ) – Nepal Press

एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्यनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरेका छन् ।

उनले शर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि चाहिँदैन ।

एमसीसीमाथि सदनमा सामान्य छलफल भएपछि आइतबार आफ्ना धारणा राख्दै खनालले एमसीसी सम्बन्धी सबै सम्झौता र पत्राचार गनुपर्नेमा जोड दिए।

‘सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्,’ खनालले भने, ‘ती दस्तावेज यो संसदमा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुनुसक्दछ ? हामीले ती सबै सम्झौता अध्यन र छलफल गर्न पाउनुपर्छ । अनि मात्रै यो सभाले निर्णय गर्नुपर्छ ।’

खनालले सबै सम्झौता र पत्राचार संसदमा अबिलम्ब बाँड्न माग गरे । उनले भने, ‘एसमीसी सम्बन्धी सबै सम्झौता यो सदनमा अवलम्बन वितरण गरियोस् । सबै पत्राचार पनि सदनमा आउनुपर्छ ।’

खनालले सम्झौतामा अमेरिकी सुरक्षा नीति उल्लंघन गर्ने कुरा रहेको भन्दै ती कुनै पनि मान्य नेपाल बाध्य नरहेको बताए । उनले सम्झौतामा खुल्ला बजार अर्थतन्त्र स्वीकार गर्नुपर्ने भएको भन्दै नेपालले समाजवाद उन्मुख अर्थतन्त्रमा जानेकुराबाट यताउति नहुने समेत बताए ।

खनालले अमेरिका चीनलाई रोक्ने गरी विभिन्न कानूनहरू बनाइरहेको भन्दै त्यो नेपालले मान्न नसक्ने बताए । यस्ता कुराले छिमेकीसँगको सम्बन्ध बिग्रिने समेत दाबी गरे । छिमेकीसँग सम्बन्ध बिगार्दा युक्रेन अहिले समस्यामा फसेको भन्दै त्यसतर्फ पनि नेपालले ध्यान दिनुपर्नेमा जोड दिए।

खनालले एमसीसीको विरोधमा उत्रिएकामाथि दमन भइरहेको भन्दै खनालले त्यसमा आपत्ति जनाए। ‘देशको निम्ति आवाज उठाउनेहरुमाथि दमन भइरहेको छ, त्यसको निन्दा गर्न चाहान्छु,’ खनालले भने, ‘आम जनता देशविरुद्ध केही हुन्छ कि भन्नेमा चिन्तित छन् । सडक र सदनबाट पनि देशका बारेमा आवाज उठान सकिन्छ । देशका निम्ति आवाज उठाउने कुनै सीमाना हुँदैन । जनताले उठाएको आवाज यो सदनले सुन्नुपर्छ।’


प्रतिक्रिया

One thought on “एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर