त्रिपाठीको प्रश्न- अनुदान दिनेलाई साम्राज्यवादी भनिरहेका छौं, कसले दिन्छ सहयोग ? (भिडिओ) – Nepal Press

त्रिपाठीको प्रश्न- अनुदान दिनेलाई साम्राज्यवादी भनिरहेका छौं, कसले दिन्छ सहयोग ? (भिडिओ)

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले एमसीसीबारे श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् । आइतबार एमसीसीमाथिको छलफलमा भाग लिँदै श्वेतपत्र जारी गरे सबैको अनुहार देखिने बताए।

उनले भने-‘म त स्वेतपत्र जारी गर्न माग गर्छु । स्वेत पत्र जारी गरे हामी सबैका अनुहार त्यहाँ देखिने छन् ।’

त्रिपाठीले सामान्य अनुदान सम्झौतमा बबाल खडा गरिएको समेत टिप्पणी गरे । ‘यो समान्य अनुदान सम्झौता मात्रै हो,’ उनले भने, ‘जसरी केही साथीहरूले स्वभिामानको कुरा गर्नुभयो । त्यो निबन्ध मात्रै हो । लाखौं युवा खाडीमा जीवन बिताइरहेका छन् । कहाँ छ स्वाभिमान ?’

उनले थपे, ‘नेपाल सार्वभौम देश हो । अनुदान, सहयोग जोसँग पनि लिन सक्छ । यसमा बबाल खडा गर्नु आवश्यक छैन। ’ सहयोग दिनेलाई साम्राज्यवादी भने कसैले पनि सहयोग नदिने उनले बताए। त्रिपाठीले भने-‘जसले अनुदान दियो, उसलाई साम्राज्यवाद भनिरहेका छौं । कसले दिन्छ हामीलाई ?’

उनले संसदमा एमसीसी ल्याएर ठीक भएको पनि दाबी गरे । भने, ‘संसदमा नआने विषयलाई किन ल्याइयो भनेर प्रश्न उठाइयो । यो ल्याएर ठिक गरिएको रहेछ । ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर