एमसीसीका बारेमा गम्भीर छलफल गर्ने वातावरण नै भएन : सांसद श्रेष्ठ (भिडिओ) – Nepal Press

एमसीसीका बारेमा गम्भीर छलफल गर्ने वातावरण नै भएन : सांसद श्रेष्ठ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद जीवनराम श्रेष्ठले एमसीसीका विषयमा गम्भीर छलफल गर्ने वातावरण नै नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसीकामाथिको छलफलमा भाग लिँदै श्रेष्ठले गम्भीर प्रश्न उठिरहेका बेला छलफलको वातावरण नभएको बताएका हुन् ।

नेकपा एमालेतर्फ संकेत गर्दै उनले भने, ‘जुन दलले एमसीसीलाई सदनमा लगेर छलफल गनुपर्छ भन्यो । त्यो दल आज किन भागिरहेको छ ?’

आफ्नो पार्टीले एमसीसी थयास्थितिमा पास गर्न नसक्ने निर्णय गरेको उल्लेख ग र्दै व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अंग बनाएर मात्रै अघि बढ्नुपर्ने बताए ।

एमसीसीका बारेमा उठेका प्रश्नहरुको सरकारले स्पष्ट जवाफ दिनुपर्ने समेत उनले बताए ।

उनले भने, ‘उठेका प्रश्नको सरकारले स्पष्ट जवाफ दिनुपर्छ । यो विशुद्ध विकास आयोजना हुनुपर्छ । यसमा कुनै पनि राजनीतिक र सैन्य कुरा जोडिनु हुँदैन ।’


प्रतिक्रिया

One thought on “एमसीसीका बारेमा गम्भीर छलफल गर्ने वातावरण नै भएन : सांसद श्रेष्ठ (भिडिओ)

  1. दलालकाे पुच्छर बाेल्याे । खेलकुदमा कराेडाै खाएर ठूला कुरा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर