प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे – Nepal Press

प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गरेका छन् ।

सो बैठकमा एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफलका लागि पेस गरेको प्रस्तावमा सांसदहरूले धारणा राखेका थिए । सदनमा उठेका विषयमा अर्थमन्त्री शर्माले जवाफ फर्काए ।

आज पनि नेकपा एमालेका सांसदले सदन अवरोध जारी राखे । एमालेको अवरोधका बीच एमसीसी छलफल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर