एमसीसीमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्रीले भने- राष्ट्र र जनताप्रति सरकार प्रतिवद्ध छ (भिडिओ) – Nepal Press

एमसीसीमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्रीले भने- राष्ट्र र जनताप्रति सरकार प्रतिवद्ध छ (भिडिओ)

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले सरकार राष्ट्र र जनताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

एमसीसीबारेको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शर्माले राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति यो सरकारले कुनै पनि गलत सम्झौता नगर्ने बताए ।

‘राष्ट्र र जनताप्रति यो सरकार प्रतिवद्ध छ,’ शर्माले भने, ‘राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति यो सरकार कुनै पनि गलत सम्झौता गर्दैन ।’

कुनै पनि सैन्य रणनीतिमा नेपाल सहभागी नहुने भन्दै एमसीसीबारे उठेका सबै प्रश्नको जवाफ दिन सरकारले व्याख्यात्मक घोषणा गरिने बताए ।

‘छलफलमा सैन्य रणनीतिमा जोडिएको बारे, समाजिक व्यवस्था बारे, वौद्धिक सम्पती, नेपालको संविधान, नेपालको राष्ट्रिय सुरक्षा, अखण्डता लगायतका विषय उठेका छन्,’ शर्माले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभामिकता र अखण्डताहरु जो कोही नेपालीको लागि सर्वाधिक महत्वको विषय हो । यो हामी जनप्रतिनिधिका लागि झन महत्वको विषय हो ।’

सरकारले केवल आर्थिक परियोजनाका रुपमा मात्रै एमसीसी स्वीकार गर्ने बताए ।

शर्माले भने, ‘कुनै सैन्य रणनीतिको हिस्सेदार हुन सक्दैन । केवल विकास र समृद्धिका लागि आर्थिक परियोजनाका रुपमा मात्र एमसीसीलाई लागू गर्न सरकार प्रयत्नशिल रहेको छ ।’


प्रतिक्रिया

One thought on “एमसीसीमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्रीले भने- राष्ट्र र जनताप्रति सरकार प्रतिवद्ध छ (भिडिओ)

  1. प्रचण्ड र माधवलाई अमेरिकाले २०/२० कराेड थमाईदियाे । संशाेधनविना पास हुनै सक्दैन भन्ने दलालहरू पैसा हात पर्ने बितिक्कै व्याख्या नामकाे लंगाैटीले मुख छाेपेर गाेजीभरी पैसा बाेकेर एमसिसि पास गर्न हिडे । यी दलाल पैसा पाए देशै बेच्छन् । यस्तालाई अझै नेता मान्ने मुर्खता गर्नु बेकार छ । अब यिनलाई सार्वजनिक रूपमा बहिस्कार गराैं । चुनावमा त यिनलाई धूलाे चटाउने हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर