झलनाथ र गिरिराजमणीसहित सत्तापक्षका केही सांसदले एमसीसीमाथिको मतदान बहिस्कार गर्ने – Nepal Press

झलनाथ र गिरिराजमणीसहित सत्तापक्षका केही सांसदले एमसीसीमाथिको मतदान बहिस्कार गर्ने

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालसहित सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एसका केही सांसदले एमसीसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन् ।

सैद्धान्तिक छलफलमा भाग लिएर सांसदहरुलाई एमसीसी अनुमोदनको विपक्षमा उभिन आग्रह गरेका पूर्व प्रधानमन्त्री खनालले व्याख्यात्मक टिप्पणीको कुनै कानूनी र अन्तर्राष्ट्रिय मान्यता नहुने भन्दै मतदान बहिस्कार गर्ने बताए ।

त्यस्तै नेकपा एसका गिरिराजमणी पोखरेल,अन्जना विशुंखे लगायत सांसदहरु पनि बहिस्कारको तयारीमा छन् । नेकपा एसका केही सांसदले झलनथालाई साथ दिने भने पनि उनीहरुको नाम सार्वजनिक भएको छैन ।

माओवादी र नेकपा एस दुवै पार्टीमा विवादकाबीच एमसीसी पारित गर्ने निर्णय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर