किभतर्फ अघि बढ्दै रुसी सेना, बज्यो खतराको घण्टी
नेपाल प्रेस
२०७८ फागुन १७ गते ७:४४
एजेन्सी । युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्वीरहरुले देखाएका छन् । यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौ सर्वसाधारण मारिएका विवरणहरु सार्वजनिक भएका थिए ।
राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सवसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानबिन गर्न चाहेको बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर