सभामुखले घुँडा टेक्ने कुरा केपी ओलीले नचिताए हुन्छ : माधव नेपाल (भिडिओ) – Nepal Press

सभामुखले घुँडा टेक्ने कुरा केपी ओलीले नचिताए हुन्छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुखका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमाथि महाअभियोग ल्याउन सक्ने चेतावनी दिएपछि नेपालले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको बताएका हुन् ।

‘सभामुखको पक्षमा हामी दृढताका साथ उभिन्छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘सभामुखले राजीनामा दिने, घुँडा टेक्ने केपी ओलीका सामु ? नचिताए हुन्छ । हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौं ।’

सभामुखले सांसदको अधिकारको रक्षा गरेको भन्दै उनले ओलीले अपमानपूर्ण व्यवहार गरेको समेत आरोप लगाए ।

‘जुन सभामुखले संसदको गरिमाको रक्षा गरिरहनु भएको छ, सांसदको अधिकारको रक्षा गर्नु भएको छ, उसमाथि धारेहात लगाउने ?,’ नेपालको प्रश्न छ, ‘आरोप लगाउने ? त्यस्तो दुष्चेष्ठा गर्ने ? अपमानपूर्ण व्यवहार गर्ने ? सभामुखको गरिमाको रक्षा नगर्ने ? केपी ओलीको यो प्रवृत्ति अत्यन्तै असभ्य हो ।’


प्रतिक्रिया

One thought on “सभामुखले घुँडा टेक्ने कुरा केपी ओलीले नचिताए हुन्छ : माधव नेपाल (भिडिओ)

  1. प्रचण्डकाे पुच्छरसँग के कुरा गर्नु । सिधै तिम्राे मालिकसँग कुरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर