एमालेको अवरोधबीच पनि अब संसदको महत्वपूर्ण कारवाही अघि बढाइने – Nepal Press

एमालेको अवरोधबीच पनि अब संसदको महत्वपूर्ण कारवाही अघि बढाइने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को अवरोधबीच पनि अब संसदीय कारवाही अगाडि बढाइने भएको छ । यसअघि एमाले अवरोधलाई ध्यानमा राखेर सामान्य विषयमा मात्रै संसदीय कारवाही गरिएको थियो ।

संसदबाट अमेरिकी सहयता परियोजना एमसीसी एमाले अवरोधबीच पारित गरिएपछि अब अन्य विधेयकहरु पनि अगाडि बढाइने भएको छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

त्यसका अलवा संस्कृति तथा पर्यटनमन्त्रीले नेपाल नागरिक उड्यन प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

त्यस्तै नेपाल हवाई सेवा प्राधिकरण विधेयक पनि पर्यटनमन्त्रीले संसदमा पेश गर्ने छन् ।

लामो समयदेखि एमालेले संसदमा अवरोध जारी राखेकाले संसदमा बजेट प्रतिस्थापन विधेयक र एमसीसी सम्झौता बाहेकका विषयलाई अगाडि बढाइएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर