संसद बैठकको कार्यसूचीबाट हटाइयो विधेयक, सामान्य प्रस्ताव मात्रै पेस – Nepal Press

संसद बैठकको कार्यसूचीबाट हटाइयो विधेयक, सामान्य प्रस्ताव मात्रै पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कार्यसूचीबाट विधेयक हटाइएको छ । यसअघि मंगलबार सार्वजनिक गरिएको कार्यसूचीमा पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग सम्बन्धित दुई विधेयक कार्यसूचीमा थिए ।

बुधबार बैठक बस्नुअघि संशोधित कार्यसूची सार्वजनिक गरिएको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को अवरोधबीच पनि संसदीय कारबाही अगाडि बढाइने तयारी गरिएकोमा अन्तिम समयमा आएर परिमार्जन गरिनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

नागरिक उड्यन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयकलाई कार्यसूचीबाट हटाएर प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडूले राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेस गरे ।


प्रतिक्रिया

One thought on “संसद बैठकको कार्यसूचीबाट हटाइयो विधेयक, सामान्य प्रस्ताव मात्रै पेस

  1. अमेरिकीकाे लागि विध्यक पेश गरेर फटाफट पास गर्ने आफ्नाे विधेयकहरू अलपत्र पार्ने । यहि हाे विदेशी दलालकाे काम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर