हतियारसहित ३ जना प्रहरी नियन्त्रणमा – Nepal Press

हतियारसहित ३ जना प्रहरी नियन्त्रणमा

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले हतियारसहित तीनलाई पक्राउ गरेको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ राप्ती पुल नजिकैबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के.सी, १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट बाग्मती प्रदेश ०१—०२५ च ३०९७ नं।को गाडी, गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको मेडिन युएसए अटोमेटिक पेस्तोल थान १ (एक),गोली ९ राउण्ड, खुडा थान १,(एक), नोक थान २ (दुई)बरामद गरिएको छ ।

बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर