प्रेस चौतारी कर्णालीको अध्यक्षमा अधिकारी, महासचिवमा सिम्खडा – Nepal Press

प्रेस चौतारी कर्णालीको अध्यक्षमा अधिकारी, महासचिवमा सिम्खडा

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रकाश अधिकारी चयन भएका छन् । बिहीबार सम्पन्न प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा ईश्वर अधिकारी र प्रमिला आरसी, महासचिव प्रेम सिम्खडा, सचिव शेरबहादुर थापा र कालीबहादुर थापा र कोषाध्यक्ष सुशील खड्का चुनिएका छन् ।

प्रेस चौतारीले बिहीबार गण्डकी र कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो । बाँकी प्रदेश, प्रतिष्ठान र एशोसियटमा २१ गते अधिवेशन हुँदैछ ।

प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर