प्रेस चौतारी गण्डकीको अध्यक्षमा इन्द्र पौडेल, आश गुरुङ महासचिव – Nepal Press

प्रेस चौतारी गण्डकीको अध्यक्षमा इन्द्र पौडेल, आश गुरुङ महासचिव

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन् । बिहीबार भएको अधिवेशनले पौडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा उमाकान्त शर्मा र रोशनी गुरुङ, महासचिवमा आश गुरुङ , सचिवमा कमल सुवेदी र गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सर्बसम्मत चयन भएका हुन् ।

प्रेस चौतारीले बिहीबार गण्डकी र कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो । बाँकी प्रदेश, प्रतिष्ठान र एशोसियटमा २१ गते अधिवेशन हुँदैछ ।

प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर