राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख – Nepal Press

राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख

काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ ।

पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्रबहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएका हुन् ।

बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ ।

सो पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्वप्रहरी परिषद गठन गरिसकेको छ भने युवक संगठनको फागुन २१ गते, महिला संगठनको २४ गते र युवा मोर्चाको २८ गते घोषणासभामार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर