एमसीसी पारितको निर्णय अनुमोदनका लागि पेस, असन्तुष्ट नेताले फरक मत राख्दै – Nepal Press
माओवादी बैठक

एमसीसी पारितको निर्णय अनुमोदनका लागि पेस, असन्तुष्ट नेताले फरक मत राख्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि पेस भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदन गर्ने पूर्वस्थायी समितिको निर्णय अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्ताव राखेका हुन् ।

बैठकमा अहिले खाजा समय तय गरिएको छ । एमसीसीमा असन्तुष्ट नेताहरूले खाजापछि फरक मत राख्ने बताइएको छ ।

नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, लीलामणि पोखरेललगायतले फरक मत राख्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर