नेविसंघको अध्यक्ष छात्रालाई बनाउन माग – Nepal Press

नेविसंघको अध्यक्ष छात्रालाई बनाउन माग

काठमाडौं । नेपाल विद्यार्थी संघका नेतृहरुले तदर्थ समितिमा छात्राको नेतृत्व ल्याउन माग गरेका छन् ।

नेविसंघ स्थापनाको ५० वर्ष बितिसक्दापनि नेविसंघमा हालसम्म छात्राको नेतृत्व स्थापित हुन नसकेको भन्दै उनीहरुले पार्टीले गठन गर्ने तदर्थ समितिको नेतृत्व छात्रालाई दिनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेस महासमिति सदस्य एवं नेविसंघ पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगर , महाधिवेशन प्रतिनिधि एवं नेविसंघ पूर्व केन्द्रीय सदस्य गिता गुरुङ, नेविसंघ पूर्व केन्द्रीय सदस्य पुनम भट्टसहित २ दर्जनबढी नेविसंघ नेतृहरुले कांग्रेस पदाधिकारीहरुलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

उनीहरुले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, सहमहामन्त्री भीष्मराज आङदाम्बे, प्रवक्ता डा.प्रकाशशरण महत लगायतलाई भेटेर कांग्रेसलाई समावेशी चरित्रको बनाउन नेविसंघको तदर्थ समितिको अध्यक्षको छात्रा विद्यार्थीलाई दिन माग गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर