बाँके कांग्रेसको सभापतिमा शेखर समूहका गौडेल निर्वाचित – Nepal Press

बाँके कांग्रेसको सभापतिमा शेखर समूहका गौडेल निर्वाचित

बाँके । नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । दोस्रो चरणमा संस्थापन पक्षका उम्मेदवार बादसाह कुर्मीलाई पराजित गर्दै डा. शेखर कोइराला नेतृत्वको समूहका गौडेल सभापतिमा निर्वाचित भएका हुन् ।

गौडेलले ७ सय ६० मत ल्याउँदा कुर्मीले ६ सय ६३ मत ल्याए । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका संस्थापन पक्षका उम्मेदवार सुरेश हमालले दोस्रो चरणमा कोइराला समूहका गौडेललाई समर्थन गरेका थिए । हमाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री समेत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर