सप्तरीमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप – Nepal Press

सप्तरीमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम । सप्तरीको राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दा जनमतका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेहरुमा संजय यादज, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव रहेको जनमत पार्टीले जनाएको छ । उनीहरुले स्थानीय अस्पतालमा उपचार गराएका छन् ।

स्थानीय तहको निर्वाचनअघि किसानहरुले उठाएका मागहरु सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने लगायतका माग राखेर पूर्व घोषित कार्यक्रम अनुसार जनमतका कार्यकर्ता निर्वाचन कार्यालय धर्ना दिन पुगेको थियो ।

प्रहरीले लाठी चार्ज गरेर कार्यालय अगाडी धर्ना बस्न नदिएपछि जनमतका कार्यकर्ताहरु सडकमै धर्ना बसेका थिए । उनीहरु सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर