५० वर्षअघि मारिएका आफ्ना सहयोद्धालाई श्रद्धान्जली दिन अध्यक्ष ओली सुखानी जाँदै – Nepal Press

५० वर्षअघि मारिएका आफ्ना सहयोद्धालाई श्रद्धान्जली दिन अध्यक्ष ओली सुखानी जाँदै

काठमाडौं । ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना पाँचजना सहयोद्धा कमरेडहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजा झापाको सुखानी जाँदैछन् ।

२०२८ सालमा शुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका चार योद्धा नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने वहानामा २०२९ साल फागुन २१ गतेका दिन इलामा र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

केपी ओली,सीपी मैनालीहरुसँगै उनीहरु पनि झापा क्रान्तिमा होमिएका थिए । त्यसबेला केपी ओलीलाई रौतहटमा पक्राउ गरी गोलघरमा १४ वर्ष यातनाका साथ जेलमा राखिएको थियो ।

सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले हरेक वर्ष सुखानी दिवस मनाउने गरेको छ । सुखानीमा एमालेले पाँच शहीदको शालिक स्थापना गरेर पार्क बनाएको छ भने केपी ओली नेतृत्वको सरकारले २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा गरेको थियो ।

अध्यक्ष ओली आज सुखानी जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर