रुसविरुद्धको युद्धमा युक्रेन विजयी हुने अमेरिकाको विश्वास
कीएभ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले रुसविरुद्धको युद्ध जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
उनले भने, यदि रुसले युक्रेनको सरकारलाई ध्वस्त पारेर आफ्नो सरकार बनाउन खोज्छ भने ४ करोड ५० लाख युक्रेनीहरूले यसलाई स्वीकार गर्दैनन् ।
युद्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कल्पना गरेको जस्तो नहुने उनले बताए । अहिलेसम्म युक्रेनी सेनासँगको भिडन्तमा रुसी सेनाले दशौँ दिनमा पनि देश कब्जा गर्न सकेको छैन ।
उनले बीबीसीसँग गरेको अन्तवार्तामा भने, यो युद्ध कति लामो समयसम्म चल्छ र कति समय लाग्छ म भन्न सक्दिन। तर रुसको विरुद्धमा, ४५ मिलियन युक्रेनीहरू आफ्नो स्वतन्त्रता र आफ्नो भविष्यको लागि लडिरहेका छन्। लडाई चलिरहेको छ जसमा रुसले हस्तक्षेप गर्दैन।’
अमेरिकाले रुसमा युद्ध अन्त्य गर्न सत्ता परिवर्तन चाहेको हो भनेर प्रश्न गर्दा ब्लिन्केनले भने, हामी त्यो चाहँदैनौं र कुनै पनि परिस्थितिमा हामी निर्णय गर्न सक्दैनौं। रूसका जनताले आफ्नो नेतृत्वको निर्णय गर्न आवश्यक छ।’