मिडियाले भ्रम चिर्न विशेष भूमिका खेल्नु पर्दछ : नेता विश्वकर्मा – Nepal Press

मिडियाले भ्रम चिर्न विशेष भूमिका खेल्नु पर्दछ : नेता विश्वकर्मा

रूपन्देही । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङमा सुरु भएको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले चौतारीको उदेश्य प्राप्तिको लागि विशेष योगदान दिनुपर्ने बताए ।

भ्रमपूर्ण काम चिर्नका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले मिडियाको शक्ति नै भ्रम चिर्ने र सत्य तथ्य र निस्पक्ष पत्रकारिता रहेको बताए ।

नेता विश्वकर्माले अबको भूमिका अझ बढी जिम्मेवार र प्रभावकारी हुनुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनसहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्त्वपूर्ण हुनुपर्ने उनको भनाइ छ ।

पार्टीले केन्द्र बनाएर अगाडि सारेको कामलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि लाग्नुपर्ने उनले बताए ।

अहिलेको आवश्यकता संरचनालाई अध्यावधिक गर्नुपर्ने र एकीकृत हुनुपर्ने बेला आएको भन्दै उनले यतिबेला कामको समीक्षा निर्मम रुपमा गर्नुपर्ने भन्दै नराम्रो कामलाई छाडेर अब सकारात्मक काममा लाग्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटब्यरो सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज सूर्य थापाले अबको पत्रकारिता विकास केन्द्रीय हुनुपर्ने भन्दै पत्रकारले विकासका मुद्दामा जोड दिनुपर्ने बताए ।

नेकपा एमालेका सांसद गंगा चौधरीले सरकारले गरेका विभिन्न विकास निर्माणका काममा विशेष योगदान दिनका लागि आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो अध्यक्ष दधिराम न्यौपानेले प्रेस स्वतन्त्रताका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एकतापूर्ण रुपमा काम गर्नुपर्ने बताए ।

प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीले पद्धिकरणमा लाग्नुपर्न बताए । पत्रकार कल्याणकारी कोषको रकम महासंघको नाममा आसेपासेहरुलाइ बढ्ने काम भएको भन्दै उनले यसको विरोध गर्नुपर्ने अवस्था आएको बताए ।

प्रेस चौतारी नेपाल लुम्बिनीले संगठनका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मानको रुपमा पुर्व उपाध्यक्ष मोहन चापागाईं, शरद अधिकारी र पुर्व कोषाध्यक्ष अक्षरी पोखरेललाई सम्मान गरेको छ ।

यस्तै चौतारी लुम्बिनीले उत्कृष्ट पत्रकार सम्मानको रुपमा रुपन्देही शाखाबाट बुटवल टुडे दैनिकका बरिस्ठ संवाददाता कृष्ण खनाल, बाँकेबाट विश्वराज पंछांग्या, दाङबाट रन्जिता अधिकारी, पाल्पाबाट कृष्णप्रसाद पोखरेल, कपिलवस्तुबाट गिता पौडेल, नवलपरासीबाट मोहन पौडेल, अर्घाखाँचीबाट नवीन केसि र रुकुमबाट महेश केसि नगद सहित पुरस्कृत भएका छन् ।

यस्तै उत्कृष्ट शाखाको रुपमा रुपन्देही शाखा र दाङ शाखा पुरस्कृत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर