एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढामगर, सबै पदाधिकारी र सदस्य सर्वसम्मत – Nepal Press

एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढामगर, सबै पदाधिकारी र सदस्य सर्वसम्मत

रोल्पा । नेकपा एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढामगर चयन भएका छन् ।

शनिबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट बुढामगर सर्वसम्मत अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिएकी छन् ।

कमिटीको उपाध्यक्षमा विजय घर्तीमगर, सचिवमा अमृत बुढा मगर, उपसचिवमा ठाकुर वली र दिपक विष्ट पनि निर्विरोध निर्वाचित भएका छन् । जिल्ला अधिवेशनबाट सबै सदस्य सर्वसम्मत चयन भएका छन् ।

स्थानीय निर्वाचनमा पूर्वसन्ध्यामा एमालेले रोल्पाको अधिवेशन गरेको हो । रोल्पामा एमालेले गत स्थानीय तह निर्वाचनमा दुईवटा गाउँपालिका जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर