कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित – Nepal Press

कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । यादव संस्थापन पक्षका हुन् ।

जिल्ला नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेका थिएन ।

निर्वाचनमा नागेश्वर यादव सर्वाधिक १ हजार ११, सुशिल यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत ल्याएका थिए ।

निकटम प्रतिस्पर्धी सुशील यादव पक्षले सबभन्दा बढी मत ल्याएका नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर