दमौलीको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै (भिडिओसहित)
नेपाल प्रेस
२०७८ फागुन २२ गते १२:४३
काठमाडौं । तनहुँस्थित दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । बिहान १० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको तनहुँका पत्रकार नारायण खड्काले जानकारी दिएका छन् ।
दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
क्षतिको विवरण आउन सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर