वडाध्यक्षसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश – Nepal Press

वडाध्यक्षसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश

रूपन्देही । रूपन्देहीको मायादेबी गाउँपालिकाका वडानम्बर १ का अध्यक्षसहित विभिन्न पार्टीका कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

अध्यक्ष पल्टु लोध, कार्यपालिका सदस्य रिना चौधरीसहित विभिन्न पार्टीबाट सयाैं कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले दावी गरेकाे छ । उनीहरुलाई एमाले केन्द्रीय सचिव छबिलाल विश्वकर्मा, रुपन्देही इन्चार्ज भुमिस्वर ढकाल, जिल्ला अध्यक्ष तेजेन्द्र केसीले उनीहरूलाई एमालेमा स्वागत गरे ।

एमाले सचिव विश्वकर्माले नेकपा एमालेले दक्षिणी क्षेत्रमा पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तीब्र पारेको र मर्चवार लगायतका क्षेत्रबाट हजारौं कार्यकर्ता प्रवेश गरिरहेको बताए ।

उनले रुपन्देही जिल्ला एमालेको लाल किल्ला बनाउने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर