गृहमन्त्रीले गरे एउटै योजना दुई पटक शिलान्यास – Nepal Press

गृहमन्त्रीले गरे एउटै योजना दुई पटक शिलान्यास

रुपन्देही । निर्वाचन नजिक आएसँगै नेताहरुले अहिले निर्वाचन केन्द्रीत गतिविधि बढाएका छन् । आफ्नो जिल्ला केन्द्रीत अभियानका क्रममा कति नेताहरु योजना शिलान्यास र उद्घाटनमा व्यस्त देखिएका छन्, भने कति नेताहरुले भाषण गर्दै हिडेका छन् ।

कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाडपनि आफ्नो गृहजिल्लामा छन् । नेता खांणले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एक सडक आयोजनाको दोस्रो पटक उद्घाटन गरेका छन् ।

५ वर्षअघि २०७३ असाज ८ गते खाणले शिलान्यास गरेको तिलोत्तमा चक्रपथको कामको प्रगति शून्य अवस्थामा रहेकै अवस्थामा शनिबार पुनः तामझामका साथ सिलान्यास गरिएको हो । यो विषय अहिले सामाजिक सञ्जालमा ट्रोल बनेको छ ।

पहिलो पटक यो आयोजनाको शिलान्यास गर्दा उनी रक्षामन्त्री थिए । तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सिमाना रहेको योगीकुटीलाई शुरुको बिन्दु मानेर २०७३ साल असोज ८ गते तत्कालीन रक्षामन्त्रीको हैसियतमा सिलान्यास गरेको प्रमाण अहिलेपनि सार्वजनिक स्थानमै सुरक्षित रहेको छ ।

मन्त्री खाणले ५ वर्षअघि शिलान्यास गरेको यो योजनाका शिलालेख राख्ने स्थानको समेत विवाद भएर अहिले पनि सडक क्षेत्रमै रहेको छ ।

कांग्रेस नेताहरुले यो ५ वर्षको अवधमिा खासै काम नभएपछि गृहमन्त्री खाँणले यसपटक बजेट थप गरेर पुनः अर्को स्थानमा शिलन्यास गरेको बताएका छन् ।

अहिले यही क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने भन्दै ओमसतिया गाउँपालिकाको लखनथापा चोकमा पुनः यही योजनाको शिलान्यास मन्त्री खाणले गरेका छन् ।

उनले यसपटक सिलान्यास गरेको सडक आगामी ८ महिनाभित्र लखनथापा चोकदेखि पश्चिम ८ सय मिटर निर्माण सम्पन्न गर्नेगरी ठेक्कासमेत भएको छ ।

तिलोत्तमा चक्रपथ नाम दिइएको उक्त चक्रपथ बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाको सिमानासमेत समेटेर निर्माण हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचनको तयारीकै बेला एउटै सडक पटक पटक शिलान्यास गरेर स्थानीयलाई भ्रममा पारेको भन्दै विरोध गरेको छ ।

लुम्बिनीका पूर्वमन्त्री लिला गिरीले ०७३ सालमा सिलान्यास गरेको सडकको काम पनि सुरु नगरी सोही सडकको दक्षिण क्षेत्रमा शिलान्यास गरिनु स्थानीयलाई भ्रममा पारेर चुनावी लोभ देखाउनुबाहेक केही नभएको बताए ।

सडक डिभिजन सडक कार्यालय बुटवलका प्रमुख डिभिजनल इन्जिनियर जयलाल मरासिनीले २ लेन र दाँया–बाँय नालीसहितको सडक निर्माणका लागि काष्ठमण्डप तिरुपती जेभि सुनवलले ठेक्का लिएको बताए ।

करीव १ अर्व ८० करोड लागतमा निर्माण हुने करीव ४९ किलोमिटर लम्वाईको उक्त सडक निर्माणका लागि यस वर्ष ६ करोड रुपैयाँ बिनियोजन भएको छ ।

गएको माघ २७ गते ठेक्का सम्झौता भएको उक्त सडकको ८ सय मिटर मात्रै निर्माण गर्ने गरी ३ करोड ५७ लाख हाराहारीको रकम यस वर्ष खर्च हुनेछ भने बाँकी रहेको रकमबाट कामगर्ने गरी पुनः ठेक्का प्रक्रिया अगाडि बढेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर