दमौलीमा आगलागी नियन्त्रणका लागि श्रममन्त्री हेलिकप्टर लिएर गृहजिल्ला प्रस्थान – Nepal Press

दमौलीमा आगलागी नियन्त्रणका लागि श्रममन्त्री हेलिकप्टर लिएर गृहजिल्ला प्रस्थान

काठमाडौं । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गरेका छन् । दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको जानकारी मन्त्री श्रेष्ठले पाएपछि उनी पानीसहितको हेलिकोप्टर लिएर गृहजिल्ला प्रस्थान गरेका हुन् ।

भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो निभाउन मन्त्री श्रेष्ठ प्रभु एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएको मन्त्री श्रेष्ठका प्रेस संयोजक तेजप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए । वाग्लेका अनुसार स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानी सहितको हेलिकप्टर व्यवस्था गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *