माधव नेपालको खुलासा–स्थानीय चुनाव सार्न छलफल भइरहेको छ,अब सबै कुरा प्याकेजमा (भिडिओ) – Nepal Press

माधव नेपालको खुलासा–स्थानीय चुनाव सार्न छलफल भइरहेको छ,अब सबै कुरा प्याकेजमा (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनमा वैशाख ३० का लागि तोकिएको स्थानीय चुनाव सार्नेबारे छलफल भइरहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुलासा गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने चर्चा सत्ता गठबन्धनका शीर्षनेताहरुले सार्वजनिक रुपमा गरिरहे पनि स्थानीय चुनावको घोषित मिति नै पर सार्नेबारे भने पहिलोपटक माधव नेपालले खुलाएका हुन् ।

आइतवार संसद भवनबाट बाहिरिने क्रममा नेपालले बोलेको भिडियोमा केपी ओलीको वितण्डबाट मुलुकलाई मुक्त गर्न संसद विघटन गर्ने र प्याकेजमै चुनावको मिति तोक्नेबारे छलफल भएको बताएका छन् ।

पत्रकारले स्थानीय चुनावको मिति सर्छ ? भनेर सोधेको प्रश्नमा नेपालले भनेका छन्–म भन्न सक्दिन तर त्यो पनि कुरा चलिरहेको छ । स्थानीय चुनावको मिति सर्न सक्छ,अब सबै कुरा प्याकेजमा जान्छ ।

यद्यपी उनी लगत्तै यही भिडिओमा माओवादी नेता वर्षमान पुनले भने नेपालले भनेजस्तो स्थानीय चुनाव सर्ने र मंसीरअघि आम चुनाव हुने सम्भावना नरहेको बताएका छन् । कांग्रेस महामन्त्री गगन थापाले पनि स्थानीय चुनाव वैशाख ३० बाट दायाँबायाँ नहुने बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर