कांग्रेस अछामको नेतृत्व चुन्न आज दोस्रो चरणको मतदान, शाह र स्वाँरबीच प्रतिस्पर्धा
नेपाल प्रेस
२०७८ फागुन २३ गते ७:५७
अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो ।
सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् ।
सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो । पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर