केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी, बैठकमा बोलाइयो – Nepal Press

केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी, बैठकमा बोलाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि तोकिएका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने तयारी गरेको छ ।

राजधानीमा जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरिएको हो ।

रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन् । उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि बैठकमा बोलाइएको बताइएको छ ।

आफूहरुलाई बोलाएपछि बैठकमा सहभागी भएको नेता उत्तम अधिकारीले बताए ।

अहिले माओवादी केन्द्रमा २४६ केन्द्रीय सदस्य रहेका छन् । विधान बमोजिम ३०१ सदस्य बनाउने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर