केन्द्रीय सदस्य नबनाएपछि अखिल (क्रान्तिकारी) की अध्यक्ष सिंह असन्तुष्ट – Nepal Press

केन्द्रीय सदस्य नबनाएपछि अखिल (क्रान्तिकारी) की अध्यक्ष सिंह असन्तुष्ट

काठमाडौं । पार्टीले केन्द्रीय समिति सदस्य नबनाएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष  पञ्चा सिंह असन्तुष्ट बनेकी छन् ।

सामेबार बसेको केन्द्रीय समितिमा थप केन्द्रीय सदस्य मनोनयन गर्ने सूची आफ्नो नाम नपरेपछि उनले असन्तुष्ट व्यक्त गरेकी हुन् ।

समाजिक संजाल फेसवुकमा सिंहले आफूहरु दोस्रो दर्ता खारेज गरेर हिँडेको भन्दै त्यो नदोहोर्‍याउन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्– ‘हैट, दोस्रो दर्जा बन्ने बनाउने दुवै तरिका खारेज गरेर हिँडेको हो, फेरि नदोहोर्‍याऊ ।’

माओवादी केन्द्रका अन्य जनवर्गीय संगठनका अध्यक्ष कोही केन्द्रीय सदस्य र कोही केन्द्रीय समितिमा समेटिदा आफू छुटेपछि सिंहले आफूमाथि भेदभाव भएको ठानेकी हुन् ।

वाईसीएलका संयोजक सुमन देवकोटा केन्द्रीय सदस्यमा प्रस्तावित भएका छन् । त्यस्तै प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा केन्द्रीय प्रतिनिधिको सूचीमा समेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर