कांग्रेस अछामको सभापतिमा शाह विजयी
नेपाल प्रेस
२०७८ फागुन २३ गते १८:१७
काठमाडौं । नेपाली कांग्रेस अछामको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर बिजयी भएका छन् ।
प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएका छन ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो ।
दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर