एमालेको सरकार ढाल्न संसारभरका स्याल एक भए : ओली, माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा – Nepal Press

एमालेको सरकार ढाल्न संसारभरका स्याल एक भए : ओली, माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी निकट मानव अधिकारवादीहरुको संगठन मानव अधिकार एलाईन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताए ।

अध्यक्ष ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र  व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिए । मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरीकै अवधारणाभन्दा अगाडि रहेको उनको दावी थियो ।

उनले भने, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होईन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छ । विश्वभरीका मानवअधिकार अवधारणा भन्दा एमाले एक कदम अगाडी छ ।’

अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर ईर्स्या गर्ने गरिरहने चलन नै भएको बताए ।


प्रतिक्रिया

One thought on “एमालेको सरकार ढाल्न संसारभरका स्याल एक भए : ओली, माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा

  1. भुईफुट्टाले जस्तै राष्ट्र प्रमुख लाई गुडिया वनाएर , 2 महिना भित्रै 2 पटक , संसार भरि नभएकाे संसद विघटनकाे उन्माद उम्ले पछि संसार लाग्दैन त चुड्किला वाजे !!??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर