प्रचण्डले भने- पार्टीलाई एकतावद्ध ग‍र्‍यौं, एउटै कार्यक्रम लिएर चुनावमा जाँदैछौं – Nepal Press

प्रचण्डले भने- पार्टीलाई एकतावद्ध ग‍र्‍यौं, एउटै कार्यक्रम लिएर चुनावमा जाँदैछौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतावद्ध भएको बताएका छन् ।

सोमबार सकिएको केन्द्रीय समिति बैठकपछि संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले एमसीसीमा विभिन्न कुरा आएको भए पनि धैर्यता र विवेकपूर्ण ढंगलले त्यसलाई समाधन गरेको बताए ।

‘विभिन्न कुराहरु आएका थिए,’ प्रचण्डले भने, ‘हामीले धैर्यतापूर्वक, बढो विवेकपूर्ण ढंगले त्यसलाई समाधान गर्‍यौं । पार्टीलाई एकतावद्ध गर्‍यौं र एउटै कार्यक्रम लिएर, एउटै भाषा लिएर चुनावमा जाँदैछौं ।’

महाधिवेशन र संसदीय दलको निर्णय विपरित एमसीसीमा अगाडि बढेको भन्दै माओवादीका प्रचण्डको आलोचना भएको थियो ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेताले एमसीसी अुनमोदन गर्ने निर्णयमा फरक मत राखेको थिए ।

केन्द्रीय समिति बैठकमा पनि श्रेष्ठले प्रचण्डको त्यस विषयमा चर्को आलोचना गरेका थिए ।

तर, एमसीसी विवादलाई हालका लागि स्थगन गर्ने सहमति जुटेको छ ।

अहिले एमसीसीलाई लिएर विवाद गर्दा स्थानीय चुनावमा असर गर्ने भन्दै त्यसलाई चुनावपछि बहस गर्ने निर्णय भएको छ।

आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकमा त्यसबारे निर्णय हुने गरि हाललाई त्यो विषय स्थगन गर्ने समझदारी भएको नेता जनार्दन शर्माले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “प्रचण्डले भने- पार्टीलाई एकतावद्ध ग‍र्‍यौं, एउटै कार्यक्रम लिएर चुनावमा जाँदैछौं

  1. बैठकले केही पनि गरेन । न एमसिसि,न पदाधिकारी न छाेरीज्वाईलाई केन्द्रीय सदस्य । केही पनि नगरेकाेले सफल भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर