जसपाका केन्द्रीय सदस्य, संविधानसभा सदस्यसहित ३ दर्जनबढी नेता एमाले प्रवेश – Nepal Press

जसपाका केन्द्रीय सदस्य, संविधानसभा सदस्यसहित ३ दर्जनबढी नेता एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

जसपा केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा सदस्य डिबी नेपालीसहित एमाले प्रवेश गरेका हुन् । आज पोखरामा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृ संगठनका तीनजना अध्यक्षसहित एमाले प्रवेश गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर