तेलमा प्रतिबन्ध लगाए यूरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसको चेतावनी


काठमाडौं । युक्रेनमा भएको आक्रमणका कारण पश्चिमी देशहरूले रुसलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्ति बन्द गर्ने चेतावनी मस्कोले दिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले जर्मनीको मुख्य पाइपलाइन हुँदै यूरोपको तेल निर्यात बन्द गर्ने चेतावनी दिएको हो ।
रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले त्यस्तो कदमले विश्वभरको आपूर्तिमा विनाशकारी परिणाम आउने चेतावनी दिएका छन् । निर्यातमा प्रतिबन्ध लागे तेलको मूल्य दोब्बर भएर प्रतिब्यारल ३०० डलरसम्म पुग्नसक्छ ।
नोभाकले रुस र जर्मनीबीच स्थापित दोस्रो ग्यास पाइपलाइन (नोर्ड स्ट्रीम पाइपलाइन) प्रमाणीकरण रोकिदिने जर्मनीको गत महिनाको निर्णयलाई चुनौती दिएका छन् ।
ईयूका देशहरूले ४०% ग्यास र ३० प्रतिशत तेल रुसबाट प्राप्त गर्छन्।