इन्जिनियरलाई लाग्यो चुनाव, एमालेनिकट संघले गर्‍यो जीतको दाबी – Nepal Press

इन्जिनियरलाई लाग्यो चुनाव, एमालेनिकट संघले गर्‍यो जीतको दाबी

काठमाडौं । नेपाल इन्जिनियरिङ एसोसियशन (नेईए) को चुनाव नजिकिएसँगै विभिन्न गठबन्धनअन्तर्गत बनेका प्यानलले सक्रियता बढाएका छन् ।

एमालेनिकट प्रगतिशील इन्जिनियरिङ एसोसियशन (पिन) ले चुनावमा आफूहरू विजय हुने दाबी गरेको छ ।

लोकतान्त्रिक समाजवादनिकट इन्जिनियरिङ संघसँग मिलेर बनाइएको वृहत राष्ट्रिय प्रगतिशील गठबन्धनले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ ।

शुक्रबार हुने चुनावका लागि विभिन्न पाँच गठबन्धन बनेका छन् । एमाले र लोसपासहितको एउटा गठबन्धन बनेको छ भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसआबद्ध दुई गठबन्धन छन् ।

त्यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीनिकट संगठनहरूको एउटा गठबन्धन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर