संस्थापनइतरको बहिष्कारबीच सिरहा कांग्रेस सभापतिमा यादव विजयी भएको घोषणा – Nepal Press

संस्थापनइतरको बहिष्कारबीच सिरहा कांग्रेस सभापतिमा यादव विजयी भएको घोषणा

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी गरिएको मतगणनाबाट सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् ।

संस्थापन पक्षबाट यादव दोस्रोपटक सभापतिमा निर्वाचित घोषित भएका हुन् । उनले १४ सय २६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले घोषणा गरेका छन् । लामाका अनुसार प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर चौधरीले ८८७ मत ल्याएका छन् ।

सुरक्षाकर्मी र निर्वाचन अधिकृतको मिलोमतोमा धाँधली गरेको आरोप लगाउँदै चौधरी पक्षले मतदान र मतगणना बहिष्कार गरेको थियो ।

यादवको पक्षमा माहौल बनाउन गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु गोलबजार आएकी छन् । विजयी घोषित भएलगत्तै यादवलाई गृहमन्त्रीकी श्रीमती मञ्जुले अबिर लगाएर बधाई दिएकी छन् ।

निर्वाचन अधिकृत लामाका अनुसार सोमबार राति साढे ९ बजे भएको मतदानमा कुल करिब २७ सय मतदातामध्ये २४ सय ७३ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर