बन्दुक बोकेर गाउँ डुल्ने कुसे गाउँपालिका अध्यक्षले सीडीओलाई भने- आइन्दा बोक्दिनँ – Nepal Press

बन्दुक बोकेर गाउँ डुल्ने कुसे गाउँपालिका अध्यक्षले सीडीओलाई भने- आइन्दा बोक्दिनँ

सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेतले आइन्दा बन्दुक नबोक्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतले एक सार्वजनिक कार्यक्रममा आफूसँग बन्दुक नबोक्ने प्रतिबद्धता जनाएको बताए ।

यो पनि पढ्नुस् : हतियार बोकेर गाउँ डुल्छन् कुसे गाउँपालिका अध्यक्ष बस्नेत, नागरिक त्रसित !

‘उहाँसँग बन्दुकको लाइसेन्स रहेछ । देशैभरि बोकेर हिँड्ने अनुमति पाउनु भएकोछ ’, सीडीओ शाहीले भने, ‘तर उहाँले अहिलेसम्म कसैलाई धम्की दिएको देखिएको छैन । सार्वजनिक पदमा भएका कारण प्रश्न उठ्नु स्वाभाविक हो ।’

उता, अध्यक्ष बस्नेतले एक विज्ञप्ति जारी गर्दै आफूले बन्दुक नबोकेको जिकिर गरेका छन् ।

बस्नेत बन्दुक बोकेर गाउँ डुल्ने गरेको समाचार नेपाल प्रेसमा प्रकाशित भएको थियो ।

गाउँपालिकाका अन्य जनप्रतिनिधिले पटकपटक अध्यक्ष बस्नेतलाई बन्दुक नबोक्न भने पनि नटेरेको भन्दै आपत्ति जनाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *